काठमाडौं । हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी बोलिरहेको भिडियो सार्वजनिक भएको छ ।
३३ सेकेन्ड लामो उक्त भिडियोमा जोशी अंग्रेजीमा आफू नेपालका २३ वर्षीय विद्यार्थी भएको बताइरहेका छन् ।
उनी भन्छन्, ‘मेरो नाम विपिन जोशी हो । म नेपालबाट हुँ । म २३ वर्षको हुँ । म २५ दिनअघि इजरायल आएको हुँ । म ‘सिक्नुहोस् र कमाउनुहोस्’ कार्यक्रमका लागि आएको विद्यार्थी हुँ । म सिट्रस र कागती खेतीमा कृषि फार्ममा काम गर्छु ।’
इजरायलको रक्षा बल (IDF) ले बरामद गरी जोशीको परिवारलाई उपलब्ध गराएको यो भिडियो २०२३ नोभेम्बरमा खिचिएको विश्वास गरिएको छ।
यो भिडियो सार्वजनिक भएपछि विपिन जीवित रहेको आशा पलाएको छ। तर, उक्त भिडियो दुई वर्षअघिको भएकाले उनको हालको अवस्था अझै अज्ञात रहेको बताइएको छ ।
इजरायली समाचार माध्यम द टाइम्स अफ इजरायल का अनुसार, यो भिडियो २०२३ अक्टोबर ७ का दिन किबुट्ज अलुमिममा भएको हमास आक्रमणका केही समयपछि खिचिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया