आज दिउँसो प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्ने

लोकपथ
182
Shares

काठमाडौं । प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक आज शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठक   सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने तय भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, भिजिट भिसा प्रकरणमा छानबिनको माग राख्दै संसदमा भइरहेको अवरोध, बजेटमाथिको छलफल र विधेयकहरू अघि बढाउने विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको हो । 

यसअघि बुधबार र बिहीबार पनि शीर्ष नेताको बैठक बस्ने जनाइए पनि नेताहरूको व्यस्तताका कारण बस्न सकेको थिएन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?