मध्यरात सशस्त्रले २७ जनाको उद्धार गरेको १० मिनेटमै खोलामा फसेको यात्रुवाहक बस बगेपछि…

लोकपथ
7.6k
Shares

काठमाडौं । पूर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–१ दुम्किवासस्थित विनय खोलामा पानीको बहाव बढ्दा यात्रुवाहक बसमा फसेका यात्रुको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । उद्धारपश्चात् करिब १० मिनेटमा नै सो बस खोलाले बगाएको छ ।

सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, काठमाडौंबाट दाङको लागि छुटेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस असार ५ गते राति करिब १२ बजे उक्त खोलामा फसेको थियो । सो गाडीमा करिब ३५/४० जना यात्रु सवार रहेका थिए । 

उनीहरूमध्ये २७ जनालाई सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद कार्कीको कमान्ड तथा सुरक्षा बेस चोरमारा र सर्दीबाट खटिएको सुरक्षा फौजले क्रेन र डोजको सहायताले सकुशल उद्धार गरेको हो । बसमा सवार अन्य यात्रुहरू भने फस्नासाथ पानी बाहिर निस्किएका थिए । उद्धार गरिएका सबै यात्रुको अवस्था भने सामान्य रहेको छ । उद्धार कार्य एकछिन ढिला भएको भए मानवीय क्षति हुने सम्भावना थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?