काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० शृंखलाअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग तेस्रो खेल खेल्दै छ । खेल ग्लास्गोको तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।
अघिल्लो खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरसम्म पुगेको प्रतिस्पर्धामा पराजित भएको थियो । नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई २ विकेटले हराएको थियो ।
शृंखलामा नेदरल्याण्ड्सले दुई जित निकालेको छ । नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म भएका १४ खेलमध्ये नेदरल्याण्ड्स ८ र नेपाल ५ खेल जितेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया