काठमाडौं । तीनकुने राजावादी आन्दोलनका क्रममा पक्राउ परेका युट्युबर प्रकाशचन्द्र दाहाल ५ हजार धरौटीमा रिहा भएका छन् ।
राज्यविरुद्धको कसूर, आपराधिक उपद्रवलगायत ६ वटा अभियोगमा मुद्दा दर्ता भएका दाहाल काठमाडौं जिल्ला अदालतमा बयान दिएका थिए ।
उनी दुर्गा प्रसाईँको गाडीभित्र बसेर भिडियो खिच्दै आन्दोलन प्रत्यक्ष प्रसारण गरिरहेका थिए ।
दाहालले आफू पत्रकारका रूपमा मात्र काम गरेको र झुटा मुद्दा लगाइएको दाबी गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया