डोल्पामा भूकम्पको धक्का

लोकपथ
476
Shares

काठमाडौं । भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान तीन बजेर ६ मिनेट जाँदा डोल्पाको काञ्जिरोवा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

हालसम्म यस भूकम्पले जनधनमा क्षति पुर्‍याएको विवरण प्राप्त भएको छैन ।

यसअघि गोरखा भूकम्प गएको १० वर्ष पुगेकै दिन १२ गते सिन्धुपाल्चोकमा पनि ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?