काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गतको नेपाल र अफगानिस्तान बिचको निर्णायक खेल रद्ध भएको छ ।
आज बिहान भएको वर्षाका कारण खेल रद्ध भएपछि नेपाल र अफगानिस्तान बिचको निर्णायक खेल रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ ।
वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एकएक अंक बाँडे । छनोटमा दुवैले समान ७ अंक जोडे । तर, रनरेट धेरै हुँदा अफगानिस्तान विश्वकपमा छनोट हुन सफल भयो ।
खेल रद्द भएपछि समर्थकले क्यान, एसीसी र आईसीसीविरुद्ध नारा लगाउँदै खेल गराउन नसकेको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया