एकीकृत समाजवादीले भन्यो– ‘१५ गतेको प्रदर्शनमा १ लाख मान्छे उतार्छौँ’

लोकपथ
4.8k
Shares

काठमाडौं । कम्युनिष्ट घटकहरुको एकता मानिएको समाजवादी मोर्चाले आगामी चैत १९ गते व्यवस्थाको रक्षाका लागि जनप्रर्दशन गर्दैछ ।

त्यसको तयारीका लागि समाजवादी मोर्चामा सामेल दलहरुले आन्तरिक तयारी गरिरहेका छन् ।

आज एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी बैठक बसी बैठकमा थप तयारी गरेको हो । बैठकपछि बोल्दै सो पार्टीका स्थायी कमिटी सदस्य जगन्नाथ खतिवडाले आफूहरुले हजारौँ मान्छेहरुलाई सडकमा उतार्ने लक्ष्यका साथ तयारी गरेको बताए । समाजवादी मोर्चामा आवद्ध प्रत्येक दलका तर्फबाट कम्तिमा १५ हजार मान्छे उतार्ने र बढीमा एक लाख मान्छे उतार्ने प्रयास गर्ने खतिवडाले बताए ।

कति मान्छे उतार्ने तयारी छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘कम्तिमा पन्ध्र चौको ६० त भइहाल्छ । भएन भने लाख भन्दा माथि जानुपर्छ भन्ने कोशिस गर्नेछौँ ।’

साथै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने समेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?