अस्पतालबाट डिस्चार्ज भए उपप्रधानमन्त्री पौडेल

लोकपथ
1.5k
Shares

काठमाडौं । गत शनिबार पोखरामा हाइट्रोजन भरिएको बेलुनमा आगो लाग्दा घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल डिस्चार्ज भएका छन् ।

केही बेरअघि उपप्रधानमन्त्री पौडेल स्वास्थ्यलाभ गरी डिस्चार्ज भएको अस्पताल प्रशासनले जनाएको छ । यता मन्त्री पौडेलसँगै बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने केही दिन अस्पतालमा नै रहनेछन् । आचार्यमा उच्च रक्तचाप देखिएका कारण केही दिन अस्पतालमा नै राखेर निगरानी गरिने अस्पतालले जनाएको छ ।

शनिबार पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुनमा आगलागी हुँदा मन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । पोखरामा प्राथमिक उपचारपछि दुवैलाई हेलिकप्टरबाट कीर्तिपुर अस्पताल ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?