काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन् ।
शनिबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले समयमै अधिवेशन नहुने कुरा त्यसको तयारी र अवस्थाले देखाइरहेको पनि स्पष्ट पारे ।
उनले पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने नरहेको र डेढ वर्षसम्म थप्न मिल्ने कुरा विधानमा रहेको उल्लेख गरे । उनले तर कति थपिन्छ वा थपिँदैन भन्ने कुरा केन्द्रीय समितिको बैठकले गर्ने बताए ।
उनले नेतृत्वको दौडका लागि आजकै मितिदेखि दौड लगाउनुपर्ने पक्षमा आफू नरहेको बताए । अहिले पार्टीलाई निर्माण गर्न, एक अर्कालाई स्वीकार गर्नेकुरामा दौड लगाउनु उचित हुने बताए । उनले पार्टी नेतृत्वका लागि अरू भन्दा कमजोर आफू नरहेको पनि स्पष्ट पारे ।
सांसद महतले सरकारले ल्याएको विधेयकमा भूमि सम्बन्धी विधेयकबारे मात्रै प्रतिपक्ष दलहरूले आपत्ति जनाएको भन्दै त्यसलाई सरकारले प्रतिस्थापन विधेयकमार्फत समाधान गर्न सकिने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया