मध्यराति कसले तोडफोड गर्‍यो रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडी ?

लोकपथ
945
Shares

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी तोडफोड भएको छ ।

घरकै पार्किङमा राखेको अवस्थामा गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवको गाडी तोडफोड भएको हो । राति ११ बजे स्कर्पियो तोडफोड भएको यादवले लोकपथलाई बताए ।

‘राति ११ बजे घरमै पार्किङमा राखेको अवस्थामा गाडीमाथि तोडफोड भयो । राति नै मैले केही आवाज आएपछि उठेर हेरेको थिएँ, त्यहाँ केही देखिएन । बिहान उठेर हेर्दा तोडफोड भएको रहेछ,’ यादवले लोकपथसँग भने ।

उनका अनुसार ड्राइभर बस्ने साइडको सिसा तोडफोड भएको छ । अहिलेसम्म कसले तोडफोड गरेको भन्ने थाहा नभएको उनले बताए ।

‘मैले प्रहरी प्रशासनलाई खबर गरेको छु । अहिलेसम्म कसले गरेको भन्ने थाहा छैन, केही शंकास्पद व्यक्तिहरु खोज्ने काम भइरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?