काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको हो ।
तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ गते देखि सुरु भएर वैशाख २४ गतेसम्म चल्ने छ ।
परीक्षा बिहान ८ देखि ११ बजेसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया