काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समितिमा परेका उजुरीहरूबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरि खतिवडाले समितिमा प्राप्त उजुरीहरूको अध्ययन गर्न नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरिएको जानकारी दिए ।
उनकाअनुसार उपसमितिमा पाण्डेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.चन्दा कार्की, नेकपा माओवादी केन्द्रबाट दुर्गा राई, नेकपा एमालेबाट मेनुकाकुमारी पोख्रेल र नेपाली कांग्रेसबाट सरिता राई सदस्य रहेका छन् ।
उपसमितिले समितिमा प्राप्त उजुरीहरूको आवश्यक छानबिन गरी समितिमा प्रतिवेदन बुझाउने र समितिले थप कारबाही प्रक्रिया अगाडि बढाउने सभापति खतिवडाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया