नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशन, १३ प्रस्ताव पारित (पूर्णपाठ)

लोकपथ
91
Shares

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनले विभिन्न १३ वटा प्रस्तावरु पारित गरेको छ ।

माघ २७,२८ र २९ गते काठमाडौंमा सम्पन्न महाधिवेशनले विभिन्न महत्वपूर्ण प्रस्ताव पारित गरेको सो हो ।
विभिन्न ७० वटा पदका लागि निर्वाचन भएकोमा केही अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध निर्वाचित भएका छन् ।

नेसपा (नयाँ शक्ति) ले बृहत् शान्ति सम्झौताको लामो समय भए पनि नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको अवस्थमा सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको कामलाई दलहरूबीच सहमतिका आधारमा प्रभावकारी रूपमा अघि बढाउन र यथाशीध्र सम्पन्न गर्न यो महाधिवेशन माग गरेको छ ।

‘बृहत् शान्ति सम्झौतापछि लामो समयसम्म पनि नेपालको शान्ति प्रक्रिया टुंगिन नसकेको अवस्थामा शान्ति प्रक्रियाका बाँकी कामका रूपमा रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको कामलाई दलहरूबीच सहमतिका आधारमा प्रभावकारी रूपमा अघि बढाउन र यथाशीध्र सम्पन्न गर्न यो महाधिवेशन माग गर्दछ, ’ प्रस्तावमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?