अब एउटा देशको, अर्को ओली सरकारको भनेर कानुन बनाऔँ  : प्रमुख सचेतक शाही

लोकपथ
245
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले एउटा नेपालको र अर्को प्रधानमन्त्री केपी शर्मा ओलीको भनेर कानुन निर्माण गर्नुपर्ने टिप्पणी गरेका छन् । 

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एउटा कानुनले फरक फरक व्यवहार हुने गरेको भन्दै अब दुई वटा कानुन बनाउन जरुरी देखिएको बताए ।

उनले ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ भन्ने कुरा प्रमाणित भएको बताए । उनले बोलेकै आधारमा सर्वसाधारण जनतालाई लगेर थुन्ने गरिएकोप्रति आपत्ति जनाए । 

उनले मन्त्री जस्तो पदमा बसेका व्यक्तिले आईजीपीको जिब्रो थुत्छु भन्दा मन्त्री पद भिराएर हिँडाउने गरेको भन्दै असन्तुष्टि जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?