नियम मिचेर रामहरि खतिवडालाई बोल्न दिएको भन्दै संसदमा हंगामा

लोकपथ
252
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाएका छन् । 

सभाको आकस्मिक समयमा नाम टिपाएको भए पनि नाम बोलाउन बिर्सिएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शून्य समय सकिएपछि उठेर आफ्ना धारणा राखे ।

बैठकमा शून्य समयको कारबाही सकिएपछि विशेष समयमा बोल्न राम नाम बोलाइसकेपछि सांसद खतिवडाले धारणा राखेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उठेर विरोध जनाए ।

लगत्तै नेकपा माओवादी केन्द्रका सांसदहरूले पनि उठेर विरोध जनाए । शून्य समय सकिएपछि विशेष समयमा बोल्न नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवको नाम बोलाए । तर आकस्मिक समयमा नाम बोलाउन छुटेको भन्दै खतिवडालाई दुई मिनेटभित्र आफ्ना धारणा राख्न समय दिए । 

सांसद खतिवडाले नेपाल प्रहरीलाई दुरुपयोग गरेको समाचार सुन्नमा आएको भन्दै यसअघिका गृहमन्त्रीले एक नम्बरकोलाई बढुवा नगरी १५ नम्बरमा रहेका प्रहरी अधिकारीलाई बढुवा गरेको, प्रहरी महानिरीक्षकलाई समितिमा बोलाएर निर्दोष छ भन्नका लागि कानेखुशी गरेको बताए । ५२ दिन नपर्खिकन कसको पालामा सरुवा गरिएको थियो यसअघि प्रहरी अधिकारीहरू भन्दै जवाफ माग गर्नुपरेको थियो । बहस गर्ने वकिलमाथि कुटपिट गरी सडकमा घिसार्ने काम कसको पालमा सुरु भएको हो भन्दै प्रश्न गरे । 

त्यसको विरोधमा प्रतिपक्ष दल माओवादी र रास्वपा सांसदहरूले उठेर विरोध जनाइरहेका छन् । उनीहरूले संसद् नियमावलीअनुसार चल्न नसकेको भन्दै विरोध गरिरहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?