काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालले संघीय संसद्का दुवै सदनमा भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ । सो पार्टीले सरकारले संसदमा दर्ता गरेको ६ अध्यादेशमध्ये पाँच वटालाई समर्थन गर्ने र भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय लिएको हो ।
जसपा नेपालका प्रथम उपाध्यक्ष राजकिशोर यादवले मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको बताए ।सरकारले ल्याएका ६ वटै अध्यादेशका बारेमा पार्टीगत अध्ययनका लागि राजकिशोर यादव नेतृत्वमा गठन गरिएको कार्यदलले समेत भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नसकिने प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको थियो ।
जसपा नेपालको यो निर्णयसँगै भूमिसम्बन्धी अध्यादेश पारित नहुने सम्भावना बढेर गएको छ । प्रतिनिधिसभामा सो विधेयक सहजै पारित हुने भएपनि राष्ट्रिय सभाबाट पारित गर्न सत्तारुढ दलसँग पर्याप्त संख्या छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया