काठमाडौं । प्रतिनिधिसभाको आज मंगलबारको बैठकमा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई छलफलपछि पारित गर्ने भनी सम्भावित कार्यसूचीमा राखिएकोमा पछि हटाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका निम्ति प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख थियो ।
तर, दैनिक कार्यसूचीबाटै यसलाई हटाइएको छ । यो विधेयक २०८१ पुस १८ गते राज्यव्यवस्था समितिबाट पारित भएको थियो ।
आजको बैठकमा मिडिया काउन्सिल विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट आएको सन्देश टेबल हुने कार्यसूचीमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया