काठमाडौं । ‘दलितका लागि दलित’ अभियानका संयोजक समेत रहेका दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् ।
सोमबार अपरान्ह नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको गेटबाट सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
अन्तरजातीय विवाह गरेका सर्लाहीका सतेन्द्र राम र नेहा रौनिहारका लागि न्याय माग्दै उनी आज संसद् भवन प्रवेशको तयारीमा रहेका थिए । उनले गृहमन्त्री रमेश लेखककै निर्देशनमा उनीहरुमाथि दमन भएको आरोप लगाउँदै आइरहेका छन् ।
सुनारले लामो समयदेखि दलितको हक अधिकारका लागि लड्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया