राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भयो मिडिया काउन्सिल विधेयक

लोकपथ
1.1k
Shares

काठमाडौं । राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित भएको छ ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित गरेको हो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेश गरेका थिए ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गरे ।

राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आइतबार बस्नेगरी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?