काठमाडौं । भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेका तीर्थयात्री सवार बस धादिङको थाक्रे गाउँपालिका–७, सातकिल्ला भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
बा३ख ८९२३ नम्बरको बस आइतबार राति करिब १० बजेर ५ मिनेट जाँदा अनियन्त्रित भई सडकछेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले धादिङले जनाएको छ ।
दुर्घटनामा परी दोलखाको भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेले मृत्यु भएको छ । उनको काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान १ बजेर ५ मिनेट जाँदा मृत्यु भएको धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।
घाइतेहरूको प्रहरी अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, बाँसबारीस्थित न्युरो अस्पताल र र धादिङको साइबाबा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू अधिकांश दोलखाको भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया