सीआईडी हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

लोकपथ
231
Shares

काठमाडौं । कपिलवस्तुबाट  प्रहरीको सीआईडी हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका-२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका जीवन थापा रहेका छन् ।

 प्रहरीले उनीहरुलाई वाणगंगा नगरपालिका-२ राजपुरस्थित खेलमैदानबाट पक्राउ गरेको हो । 

आफूहरुलाई इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको भन्दै उनीहरुले एक जना स्थानीयबाट १७ हजार रुपैयाँसमेत लिएको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुल्न आएको छ ।

पक्राउ परेका दुवै जनामाथि आइतबार जिल्ला अदालत कपिलवस्तुबाट पाँच दिन म्याद थपेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?