चितवन जिल्ला अदालतमा आज पनि रविको थुनछेक बहस जारी

लोकपथ
28
Shares

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा आज पनि बहस चल्ने छ । बुधबार देखि सुरु भएको थुनछेक बहस नसकिएपछि आज पुनः बहस हुने भएको हो ।

बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे अदालतमा उपस्थित गराउने गरी लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको थियो । आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नेछन् ।

बुधबार सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी, बुद्ध बहादुर थापा र जाहेरवाला बचतकर्ताहरुको तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस भएको थियो ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । यस्तै, ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?