नदीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी राप्ती नदीमा आज बिहान ११ः०० बजे नुहाउने क्रममा डुबेका थिए ।

नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृतक बालकको शव हाल लमही अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?