काठमाडौं । विभिन्न प्रस्तावहरु पारित गर्दै कुमारी बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आज काठमाडौंको टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबमा कुमारी बैंकले वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आर्थिक वर्ष २०८०–८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०८१–८२ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको बैंकले जनाएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको बैंकका देशभर ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया