काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा सामान्य अंकको मात्रै वृद्धि भएको छ ।
आइतबार ६९ अंकको वृद्धि भएको शेयर बजारमा आज भने २ दशमलव ४१ अंकको मात्रै वृद्धि देखिएको हो ।
शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज शेयर बजार ०.०८ प्रतिशतले बढ्दा बजार परिसूचक भने २ हजार ७ सय ३० बिन्दुमा गएर रोकिएको छ ।
त्यस्तै आइतबारको तुलनामा आज कारोबार रकम समेत खुम्चिएको छ । आइतबार झण्डै १३ अर्बको कारोबार भएकोमा आज कारोबार रकम भने ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार ५ सय ३८ रुपैयाँ बराबरको मात्रै कारोबार भएको हो । आज कुल २ करोड ३७ लाख ७० हजार ३ सय ४८ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यस्तै आज कारोबारमा आएकोमध्ये उपकार लघुवित्त वित्तीय संस्था, भुगोल इनर्जी विकास कम्पनी, सनराइज फोकस्र्ड एनआईबीएल स्टेबल लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् । यता ग्रीन डेभलवमेन्ट, रिभर फल्स पावर लिमिटेड, थ्री स्टार हाइड्रोपावर लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।
नेप्सेका अनुसार सोमबार कारोबारमा आएकामध्ये ९७ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ८ कम्पनीको शेयर मूल्यमा स्थिरता छाउँदा १३७ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया