२३औँ सम्मेलनबाट बिदा भएका अखिल क्रान्तिकारीका नेताहरुलाई जिम्मेवारी दिने तयारी

लोकपथ
301
Shares

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको उमेर हदका कारण विद्यार्थी राजनीतिबाट बाहिरिएका नेताहरुको व्यवस्थापनको तयारी गरिएको छ ।

अखिल क्रान्तिकारीको हालै सम्पन्न २३औँ सम्मेलनबाट ३२ वर्षे उमेरहद लागू भएको छ । त्यससँगै लामो समय दुःख गरेका नेताहरुलाई उचित स्थान दिन पार्टीका उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा कार्यदल गठन भएको छ । उक्त कार्यदलले आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

आज बस्नेतसहित पार्टी इन्चार्ज हिमाल शर्मा र तत्कालीन अध्यक्ष पञ्चा सिंहले तहगत जिम्मेवारीका लागि ज्ञापनपत्र बुझाएको हो ।

यसअघि कुनै उमेर हद नभएकोमा हालै सम्पन्न अखिल क्रान्तिकारीको सम्मेलनबाट ३२ वर्षे उमेर हद लागु गरिएको छ । जस कारण नेतृत्वको लागि आकांक्षा राख्ने धेरै नेताहरु बिदा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?