काठमाडौं । देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
सम्बन्धित स्थानको प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार मोरङ, दाङ र म्याग्दीमा गरी ३ जना मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार मोरङ, रंगेली नगरपालिका–३ दौलतपुरस्थित केदार उप्रेतीको गोठको बाहिर राखेको खाटमा सोही नगरपालिका–३ आमतोला बस्ने ६५ वर्षीय हरिलाल किस्कु आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै दाङको बबई गाउँपालिका–७ रावततरास्थित बबई नदीमा शान्तिनगर गाउँपालिका–६ देवीपुर बस्ने ७८ वर्षीय कुशल खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार म्याग्दी, मालिका गाउँपालिका–६ सानोधैरेनीस्थित सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
छुट्टाछुट्टै स्थानमा भएका घटनाका सम्बन्धमा सम्बन्धित प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया