काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ ।
केहीबेर अघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा माओवादीको पदाधिकारी बैठक बसेको हो ।
आजको बैठकमा आगामी संसद् अधिवेशनमा प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने बताइएको छ । त्यसका साथै सरकारले ल्याएको अध्यादेशसहित आगामी योजनाका विषयमा छलफल भइरहेको छ ।
आजको बैठकमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ समेत उपस्थित रहेका छन् । त्यसो त यसअघि गत पुसमा सम्पन्न माओवादी केन्द्रीय समिति बैठकमा समेत उनी सहभागि भएका थिए ।

उपराष्ट्रपतिको दुई कार्यकाल सम्पन्न गरेसँगै उनी पुनः माओवादी केन्द्रको राजनीतिमा फर्किएका छन् । विशिष्ट पदमा रहेर काम गरिसकेको व्यक्ति पुनः राजनीतिमा आउने विषयमा माओवादी केन्द्रका कतिपय नेताहरुले असन्तुष्टी जनाइरहेका छन् । नेता व्यवस्थापनमा समस्या भइरहेका बेला अध्यक्ष प्रचण्डले पुनः नन्दबहादुरलाई सक्रिय गराएको भन्दै नेताहरुले असन्तुष्टी जनाइरहँदा उनी पुनः माओवादी बैठकमा सहभागी भइरहेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया