अवैध लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ

लोकपथ
497
Shares

काठमाडौं । अवैध लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ३१ वर्षीय सागर श्रेष्ठ रहेका छन् ।

गत शनिबार राति चन्द्रपुर नगरपालिकाको चिडियादहबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दिपककुमार रायले जानकारी दिए । उनका अनुसार उनको साथबाट १.५ ग्राम अवैध लागुऔषध खैरो हिरोइन समेत बरामद गरिएको छ ।

त्यस्तै उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?