आज तेस्रो दिन पनि सुनको मूल्य स्थिर, चाँदी के भयो ?

लोकपथ
42
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि स्थिरता छाएको छ । अघिल्लो कारोबार दिन आइतबार पनि स्थिर रहेको सुनको मूल्य आज पनि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ६२ हजार ८ सय रहेको रहेको छ । लगायत तीन दिनदेखि सुनको मूल्य त्यतिनै रही आएको छ ।

त्यसो त आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट आएको छ । आइतबार सुनको मूल्य १ हजार ९ सय १० रहेकोमा आज मूल्य गिरावट आइ १ हजार ८ सय ९५ कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?