काठमाडौं । राजधानीका विभिन्न ठाउँमा आजदेखि ८ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै यस बारे जानकारी गराएको हो ।
प्राधिकरणको कुलेश्वर वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र, जोरपाटी वितरण केन्द्र र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विभिन्न स्थानहरुमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्न लागेको हो ।
विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि ती स्थानहरुमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
जसअनुसार आज माघ २१ गते भत्केको पुल (चाबहिल)वरिपरिका क्षेत्र, २२ गते कलंकी मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र, २७ गते जोरपाटी फिडर अन्तरगत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया