तराईका भू-भागमा मध्याह्नसम्म हुस्सु-कुहिरो, अन्य भागको मौसम कस्तो रहनेछ ?

लोकपथ
77
Shares

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । आज देशका पहाडी तथा हिमाली भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

मधेस प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानहरूमा लाग्ने हुस्सु/कुहिरो मध्याह्नपछि क्रमिक रूपमा सुधार हुने र बाँकी तराईका केही स्थानहरूमा लाग्ने हुस्सु/कुहिरो मध्यान्न सम्ममा सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहान हुस्सु तथा कुहिरोको प्रभावले मध्यान्न सम्मको समयमा तराई भू-भागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?