काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको बताएका छन् ।
शनिबार विश्व निकेतन माध्यामिक विद्यालयको ७९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्ने किसिमले भाष्य सिर्जना गरिएको भन्दै त्यसलाई चिर्न सक्नुपर्ने बताए ।
उनले अरूको लहलहैमा लाग्नु भन्दा सही र गलत छुट्याएर चुन्नुपर्ने बताए । उनले सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति भएको बताए । आफू सेवा दिनकै लागि राजनीतिमा आएको उल्लेख गरे ।
उपप्रधानमन्त्री सिंहले विदेशमा ठूला ठूला काण्ड गरेर ठूलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया