माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक, यी हुन् एजेन्डा

लोकपथ
119
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बिहीबार दिउँसो १ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको छ । 

हिउँदे अधिवेशन बस्नु एक दिनअघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो । संसद्को हिउँदे अधिवेशन शुक्रबारबाट सुरु हुँदै छ ।

बैठकमा सरकारले ल्याएको अध्यादेश, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र संसदमा उपस्थितिलगायतका विषयमा छलफल हुने जनाइएको छ । 

बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउनेछन् ।

पछिल्ला दिनमा माओवादीको नेतृत्वमा विपक्षी दलहरूले मोर्चाबन्दी गरेर नै सरकारमाथि दबाब बढाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?