विपक्षी दलको बैठक बस्दै, आजै पत्रकार सम्मेलन

लोकपथ
119
Shares

काठमाडौं । आज संघीय संसद्का विपक्षी ६ दलको बैठक बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्नेछ।

बैठकपछि दिउँसो ३ बजे विपक्षी दलले संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्नेछ ।   

यसअघि बुधबार पनि सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो । यो बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?