काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ। बैंकले यही पुस १८ गतेदेखि आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गर्दै गर्दा वार्षिकोत्सवको अवसर पारेर वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको हो।
१८औं वार्षिकोत्सवको अवसरमा बैंकले प्रत्येक प्रदेशको विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
उक्त सचेतना कार्यक्रममा बैंकले आधारभुत बैंकिङ सेवा, डिजिटल÷नविनतम बैंकिङ सेवाहरु, बैंकिङ विवरण सुरक्षित राख्ने उपायहरु लगायत विभिन्न बैंकिङ शिक्षाको बारेमा जानकारी प्रदान गर्नेछ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको पनि जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया