काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेका पूर्व उपप्रधानमन्त्री समेत रहेका लामिछानेको थुनछेक बहस सकिएको हो ।
कास्की जिल्ला अदालतमा बिहीबार र शुक्रबार बयान भएको थियो । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान लिइएको थियो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएका लामिछानेसहित छवीलाल जोशी, लिला पछाईँको बयान सकिएको हो ।
त्यस्तै नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ तथा आरती गुरुङ, ललितबहादुर गुरुङ र कृष्णबहादुर गुरुङको बयान बाँकी छ ।
सबै प्रतिवादीहरुको बयान सकिएपछि पुर्पक्षका लागि थुनामा जाने वा धरौटीमा रिहा हुने जनाइएको छ ।
सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेसहित ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो भने संगठित अपराधमा रविसहित १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
गत कार्तिक २ गते पक्राउ परेका लामिछानेमाथि २ महिना लामो अनुसन्धानपछि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
यो पनि…
रवि निलम्बनमा कानुनविद्को राय : विपिन– ‘त्यो मनी लाउन्ड्रिङको केस नै होइन’, भिमार्जुन– ‘आपत्तिजनक छ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया