लम्बियो एकीकृत समाजवादीको स्थायी कमिटी बैठक, नेताहरूको कार्य विभाजन सोमबार

लोकपथ
105
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यहरूको कार्य विभाजन सोमबार मात्र हुने भएको छ ।

केन्द्रीय सदस्यहरूको कार्य विभाजन टुंग्याउन मंसिर २६ गतेबाट सुरु भएको पार्टी स्थायी कमिटीको बैठकमा आजसम्म पार्टीको अगामी कार्ययोजनाबारे छलफल भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनकाअनुसार आज बैठकमा नेताहरूले पार्टीको आगामी कार्य योजना निर्माण गर्ने विषयमा धारणा राखेका हुन् । उनले भोलि बस्ने बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल आफ्नो धारणा राख्दै बैठक टुंग्याउने बताए । 

उहाँले भने, ‘यो बैठकमा हाम्रा मुख्यः दुई एजेण्डाहरु छन् । एउटा, पार्टीको अगामी कार्य योजना र अर्को एजेण्डा केन्द्रीय सदस्यहरूको कार्य विभाजन । आजसम्म  हामीले पार्टीको कार्य योजनाको बारेमा छलफल गरेका छौँ । स्थायी कमिटि सबै सदस्यहरूले लगभग बोलिसक्नु भएको छ । अब पार्टी अध्यक्ष र समासचिवले आफ्नो धारणा राख्ने, उहाँहरूको विचारहरुप्रति स्पष्टीकरण दिने र निष्कर्षमा पुग्ने काम बाँकी छ । त्यो भोलि हुन्छ । अनि हामी कार्य विभाजनको प्रस्तावमा छलफल गर्छौँ । त्यो कार्य विभाजन भोलि सकिन्छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?