सुदूरपश्चिम रोयल्सद्वारा पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य प्रस्तुत, जिते प्लेअफमा निश्चित

लोकपथ
112
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०अन्तर्गत आज भइरहेको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाएको हो ।

सुदूरपश्चिम रोयल्सका लागि आरिफ शेखले ४२ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज सम्हाल्न आएका आरिफ शेखले ३८ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए ।

ब्रान्डन म्याकमुलमले १६ बलमा २३ रन थपे । एक चौका र दुई छक्का प्रहार गरेका थिए । कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा एक चौकासहित २० रन जोडे ।

यस्तै, ओपनर विनोद भण्डारीले १४ रन, हर्मित सिंहले १३ र इशान पाण्डेले १० रन बनाए । इशान १९औँ ओभरको पहिलो बलमा ‘रिटायर्ड आउट’ भएका थिए ।

पेखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिए । यस्तै, रेमोन रेफर, सागर ढकाल र माइकल लियस्कले समान एक विकेट लिए ।

पाँच खेलबाट आठ अंक जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ । सुदूरपश्चिमले आजको खेलमा जित निकाले प्लेअफमा स्थान सुनिश्चित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?