काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
लामिछाने माथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आज १३ दिन म्याद थपको माग गर्दै अदालतमा उपस्थित गराएको हो ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ गते लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया