सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न कृष्ण गुरुङ कतार जान लाग्दा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

लोकपथ
294
Shares

काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले सो सहकारीका साधारण सदस्य कृष्ण गुरुङलाई पक्राउ गरेको छ । पोखरा निवासी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार, कतार जान लागेको अवस्थामा बिहीबार उनलाई पक्राउ गरिएको हो । उनलाई पोखरा पठाइएको छ । उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो । उनलाई आज नै सरकारी वकिल कार्यालयमा पेस गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?