काठमाडौं । स्थानीय तह उपनिर्वाचमा गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
आइतबार राति आएको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ १ हजार १ सय ८४ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले ९ सय ३० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै माओवादी केन्द्रबाट दुर्गाबहादुर विकले १ सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापाले ४४ र राष्ट्रिय पजातन्त्र पार्टीबाट ईश्वरी खाती क्षत्रीले ५ मत प्राप्त गरेको आयोगको तथ्यांकमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया