झापाको कन्काइ–६ मा दललाई चक्मा दिँदै स्वतन्त्रको अग्रता

लोकपथ
1.4k
Shares

काठमाडौं । झापाको कन्काइ नगरपालिका–६ मा भएको उपनिर्वाचनमा राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेका छन् ।

यो समाचार तयार पार्दासम्म स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले ३२६ मत प्राप्त गरेका छन् । उनलाई नेकपाका उम्मेदवार तुलराम बस्नेतले २३२ मतसहित पच्छ्याइरहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार रामगोपाल ओलीले २१८ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका गणेशबहादुर थापाले १७५ मत प्राप्त गरेका छन् ।

हाल मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?