बाढी प्रभावितको अवस्था बुझ्न नख्खु पुगे प्रचण्ड

लोकपथ
35
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरु नख्खुको बाढी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका छन् ।

मंगलबार दिउँसो प्रचण्डसहित माओवादी नेताहरु ललितपुर महानगरपालिका अन्तर्गत पर्ने नख्खु खोलाले पारेको क्षतिबारे निरीक्षण गर्न पुगेका हुन् ।

निरीक्षणमा प्रचण्डसहित उपाध्यक्ष अग्नीप्रसाद सापकोटा, उपमहासचिव पम्फा भुसालसहितका नेताहरु रहेका थिए ।

सो क्रममा प्रचण्डले त्यहाँका पीडित नागरिकहरुसँग उनीहरुका समस्याबारे छलफल गरेका थिए । पीडितहरुले सरकारले यतिका दिन बितिसक्दा पनि कुनै चासो नदेखाएको गुनासो गरेका थिए ।

त्यस्तै आजै त्यसअघि प्रचण्डले बल्खुका बाढी प्रभावितहरुको अवस्थाबारे जानकारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?