झ्याप्लेखोलामा पुरिएका थप १९ को सनाखत (नामसहित)

लोकपथ
245
Shares

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–९, झ्याप्लेखोलामा बस र माइक्रोबससँगै पहिरोमा पुरिएका थप १९ शवको सनाखत भएको छ । झ्याप्लेखोलाको एउटै पहिरोमा ३५ शव फेला परेकोमा थप १९ वटा शवको सनाखत गरिएको हो ।

पछिल्लो पटक शव सनाखत भएकोमा पर्वतको कुश्मा नगरपालिका–२ बस्ने ३१ वर्षीया पुष्पा शर्मा, गोरखाको बारपाक सुलिकोट–७ बस्ने २८ वर्षीय नवराज पन्त, रुकुम पश्चिमको मुसिकोट–१५ बस्ने ३९ वर्षीय तेजबहादुर विष्ट, गोरखाको गण्डकी गाउँपालिका–४ बस्ने ४० वर्षीय नवराज तिवारी, बझाङ जयपृथ्वी–१ बस्ने २३ वर्षीय नवीन सिंह, चतवनको भरतपुर महानगरपालिका–२१ बस्ने २१ वर्षीया अनिता थापा मगर, मकवानपुरको मनहरि गाउँपालिका–९ बस्ने ३३ वर्षीय सन्तु विक, काठमाडौं महानगरपालिका–१६ बस्ने ४८ वर्षीय आनन्द राजवंशी छन् ।

यस्तै, चितवन खैरहनी नगरपालिका–३ बस्ने १९ वर्षीय सिद्धार्थ गुरुङ, तनहुँको भानु नगरपालिका–३ बस्ने २६ वर्षीय जनक कुँवर, चितवन भरतपुर महानगरपालिका–९ बस्ने ५३ वर्षीय मोहनदास आचार्य, काठमाडौं चन्द्रागिरि नगरपालिका–१ बस्ने ५६ वर्षीय नरेन्द्र खत्री, गोरखा भीमसेन थापा गाउँपालिका–४ बस्ने ४७ वर्षीय मदन परियार दमाईं, सोही स्थानका १५ वर्षीय विनायक भट्टराई, सोही गाउँपालिकाको धोर्चे–७ बस्ने २७ वर्षीय सुके दमाईं र बागलुङ बडिगाँड गाउँपालिका–२ बस्ने ५२ वर्षीय इन्द्रजित रानाको सनाखत भएको छ ।

यस्तै, बागलुङ बडिगाँड गाउँपालिका–२ की ४० वर्षीया भीमकुमारी राना, जुम्ला सिँजा गाउँपालिका–६ बस्ने ३९ वर्षीय हरिबहादुर बुढा र धादिङको ज्वालामुखी गाउँपालिका–२ बस्ने २६ वर्षीया लीलामाया तामाङ छन् । झ्याप्लेखोला पहिरोबाट निकालिएका जम्मा ३५ शवमध्ये १३ वटाको भने आइतबार नै सनाखत भइसकेको छ । अझै ३ वटा शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

झ्याप्लेखोला पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस र बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस यात्रुसहित पुरिएको अवस्थामा भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?