ऊर्जामन्त्री खड्का र चिनियाँ राजदूतबिच भेटवार्ता

लोकपथ
0
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबिच भेटवार्ता भएको छ । ऊर्जामन्त्रीको कार्यकक्ष सिंहदरबारमा आज भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको छ ।

भेटमा राजदूत सोङले ऊर्जा क्षेत्र नेपालको विकासका लागि महत्वपूर्ण र अपरिहार्य भएकाले यसको विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले वर्तमान सरकार मुलुकका दुई ठूला राजनीतिक दल मिलेर बनेकाले उक्त सरकारले विकासलाई अगाडि बढाउनेमा आफू पूर्ण आशावादी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?