गोठमा आगलागी हुँदा एक बालकको मृत्यु


लोकपथ
प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार १६:०८

बागलुङ– बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं २ देवीस्थानस्थित एक गोठमा आज आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । देवीस्थान छरछरेका विमल सुनारको गोठमा आगलागी हुँदा उनका तीन वर्षीय छोरा विशाल सुनारको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकृत झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

    आमा तरकारी टिप्न बारीमा गएको र बालबालिका गोठमा खेलिरहेको समयमा आगलागी भएको निसीखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष कुवीर विकले जानकारी दिए ।     आगलागीमा परेर मृतक विशाल सुनारका दाजु विनोदसुनार सामान्य घाइते भएका छन् । गोठको भारमा आगलागी भएको भए पनि गोठको तल्लो भागमा रहेका गाईबस्तुलाई कुनै क्षति नभएको बताइएको छ । भारमा भएको पराल र अन्य सामग्री भने जलेर पूर्णरुपमा नष्ट हुँदा करीब रु तीन लाख बराबरको आर्थिक क्षति भएको वडाध्यक्ष विकले बताए ।
आगलागीपश्चात् स्थानीयको जानकारीमा घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय झिवाखोलाको टोलीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
नाइजेरियामा सवारी दुर्घटनामा १७ जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको क्वारा राज्यमा बिहीबार यात्रुबाहक बस र ट्रक जुध्दा १७ जना

काश्मिर सङ्कट सुल्झाउन म्याँक्रोको आग्रह

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले काश्मिर विवाद सुल्झाउनका निम्ति पाकिस्तानसँग वार्ता गर्न

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

काठमाडौं । करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज एक युवकको मृत्यु भएको

तालिबानको आक्रमणमा तीन प्रहरी मारिए

एजेन्सी । अफगानिस्ताानको पूर्वी प्रान्त नान्र्गाहारको खोग्यानी जिल्लाको घाज्नी आबाद प्रहरी चौकीमा तालिबान