अपाङ्गता भएका व्यक्तिहरुको रिले अनशन जारी

लोकपथ
0
Shares


काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना अधिकार सम्बन्धि तीन बुँदे माग राख्दै शुक्रबार पनि रिले अनशन जारी राखेका छन् ।

काठमाडौंको शान्तिवाटीमा १७ गतेदेखि तनहुँ जिल्ला म्यादे गाउँपालिकाका दीपक भण्डारीलगायत १२ जनाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली २०७७ मा उल्लेख भएका अधिकार कार्यान्वयनका लागि तीन बुँदे माग आफ्ना मागसहित निरन्तर रिले अनशन जारी राखेका हुन् ।

अनशन बसिरहेका भण्डारीले चैत १४ मा वैशाख १ गतेबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग माग सम्बोधनको सहमति भएको तर पछि कार्यान्वयन नभएपछि अनिश्चितकालीन अनशन सुरू गरेको बताए ।

उनले अझै आफुहरुको माग सम्बोधन नभए जटिल सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । अनशनकर्ताहरूमा भण्डारीसँगै अपाङ्गता अधिकारकर्मीहरू नरेश राना, लक्ष्मण राना मगर, कोषबहादुर थापा, प्रमिस दुरा, तुलसीराम श्रीपाल, केश गुरुङ, राजकुमार राना, दिलिप सापकोटा, प्रेम बुढाथोकी, भोजराज श्रेष्ठ र सिर्जना केसी रहेका छन ।
यस्ता छन् : उनीहरुको तीन बुद्दे मागः
१) पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकताको आधारमा व्यक्तिगत सहयोगी सेवा तथा साङ्केतिक भाषा दोभासेको आ.ब. २०८१/२०८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा अनिवार्य व्यवस्था गरि तुरुन्तै लागु गरियोस ।
२) सबै अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकता अनुसारका सहायक सामाग्रीहरु सरकारी संयन्त्रबाटै निशुल्क प्राप्त गर्ने अनिवार्य ब्यवस्था गरियोस ।
३) अपाङ्गता भएका व्यक्तिहरुको सेवा सुविधाहरूलाई स्थानिय तहमार्फत प्रदान गर्न नियमावलीको दफा ९ अनुसारको “सामुदायिक सहायता सेवा” सम्बन्धी कार्यबिधि बनाई आ.ब. २०८१÷२०८२ बाट शुरु गरियोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?