प्रदेश प्रमुख खापुङद्वारा कोशी प्रदेशसभाको अधिवेशन आह्वान

लोकपथ
78
Shares

विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले सरकारको सिफारिसमा वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

मुख्यमन्त्री कार्कीले सोही दिन प्रदेशसभाबाट विश्वासको मत लिने तयारीसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?